काठमाडौं उपत्यका आसपासका अधिकांश नदीमा बाढी, सतर्कता अपनाउन आग्रह
मेयरसाप डेस्क
|
२०८२ असोज ८ गते २१:३४
काठमाडौं । काठमाडौं उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ । यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोलालगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसोदेखिको वर्षा निरन्तर रहिरहे जल सतह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । काठमाडौं आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ ।
Facebook Comments