अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते ०८:०४
काठमाडौं । अध्यागमन विभागले बडादशैंको सार्वजनिक बिदाको अवधिमा दशैंको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।
यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका छन् ।
Facebook Comments