भोजपुरमा रेविज रोकथामका लागि साप्ताहिक खोप अभियान सुरु
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते २३:२१
भोजपुर । जिल्लामा रेविज रोगको रोकथाम तथा नियन्त्रणका लागि साप्ताहिक निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ ।
भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार, यो प्राणघातक रोगको जोखिम कम गर्न असोज ६ गतेदेखि १२ गतेसम्म घरपालुवा कुकुर र बिरालालाई निःशुल्क खोप लगाउने काम जारी छ ।
केन्द्रमा अहिले स्थानीयहरूले दैनिक १५ देखि २० वटासम्म कुकुर र बिरालालाई खोप लगाउनका लागि ल्याउने गरेका छन् । रेविज उन्मूलनका लागि कार्यालयले वर्षेनी यस्तो खोप अभियान सञ्चालन गर्दै आएको छ ।
Facebook Comments