क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न मन्त्री घिसिङको आह्वान
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते ०९:३८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, एवं सहरी विकास मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि कोषमा योगदान गर्न आह्वान गरेका छन् ।
हालैको जेनजी आन्दोलनका क्रममा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको भन्दै सरकारले बुधबार मात्रै ’आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष’ स्थापना गरेको थियो ।
मन्त्री घिसिङले सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको जानकारी दिएका छन् । अब उक्त समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गरी काम अगाडि बढाउनेछ ।
मन्त्री घिसिङले देशको पुनरुत्थानका लागि सबैलाई यस कोषमा सहयोग गर्न आग्रह गरेका छन् ।
Facebook Comments