सरकारले वातावरण बनाओस्, कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते १२:२५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टी चुनावबाट नभाग्ने स्पष्ट पारेका छन् ।
जेनजी आन्दोलनपछि आगजनीबाट क्षतिग्रस्त सुर्खेतस्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्नै नहुने बताएका हुन् ।
उपसभापति खड्काले चुनावमा भाग लिनका लागि सरकारले वातावरण बनाउनुपर्ने र ऐन कानुनको संशोधन प्रक्रिया कुन रूपमा अगाडि बढाउँछ, त्यसलाई नियालिरहेको बताए ।
उनले आगजनी र लुटपाटमा संलग्नलाई पक्राउ गर्न सरकारले प्रहरीलाई आदेश नदिएको भन्दै आलोचना समेत गरे ।
‘पुलिसलाई माथिबाट आदेश आएको छैन भनेर पुलिसको विभिन्न तहको अफिसरहरूले भनेको यहाँ कुरा आइरहेको छ,’ उनले भने ।
Facebook Comments