आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०७:५७
Image of https://mayorsap.com/storage/photos/10/68d5f51b87872.jpg

काठमाडौं । आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदै छ । 

सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् । 

यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार भएका राष्ट्रहरूलाई हतियारहरूको पूर्ण उन्मूलनको लागि प्रतिबद्ध हुन आह्वान गरेका छन् । 


Facebook Comments