बिमा प्राधिकरणको अध्यक्षमा शर्माले लिए शपथ
मेयरसाप डेस्क
|
२०८२ असोज १० गते ०३:३०
काठमाडौं । नेपाल बिमा प्राधिकरण को अध्यक्ष पदमा नवनियुक्त हुनुभएका जनकराज शर्माले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । शर्माले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मालाई बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरिएको थियो । शपथ ग्रहणसँगै उनले आजै आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ ।
नेपालको बिमा क्षेत्रलाई नियमन गर्ने सर्वोच्च निकायको नेतृत्व सम्हालेका शर्माको कार्यकालमा बिमा क्षेत्रको सुधार, विस्तार र पारदर्शिता कायम गर्नुपर्ने चुनौती र अवसरहरू पनि छन् ।
Facebook Comments