कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन कार्यदल गठन

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०७:०७
Image of https://mayorsap.com/storage/photos/10/68d692c5cfa34.PNG

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन कार्यदल गठन गरिएको छ । कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।

कार्यदलले जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गर्दै खोज, नियन्त्रण र पक्राउ अभियान सञ्चालन गरिरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागले प्रहरी चौकी, स्वास्थ्य चौकी र सीमावर्ती नाकाहरूमा सतर्कता बढाउन निर्देशन दिएको छ । साथै भागेका कैदीबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई तत्काल खबर गर्न नागरिकलाई आग्रह गरिएको छ ।

 


Facebook Comments