जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे मन्त्री पुन

User Image मेयरसाप डेस्क | २०८२ असोज ११ गते ०५:५६
Image of https://mayorsap.com/storage/photos/10/68d7ada99d7c1.jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शनिबार विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले चिकित्सकहरूसँग उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका हुन् ।

भेटका क्रममा घाइतेहरूले आफ्नो शरीरको चिन्ताभन्दा बढी देशको माग र मुद्दा पूरा गर्न सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए । ट्रमा सेन्टरमा एक जनाको आईसीयूमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधारोन्मुख रहेको उहाँले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा दुई हजारभन्दा बढी घाइते भएका थिए, जसमध्ये अझै ५० भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेका काम पूरा गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।


Facebook Comments