Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भाेली एमाले सचिवालय बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते १५:५०
Image of https://mayorsap.com/storage/photos/10/68d7b349aac28.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले दिएको जानकारी अनुसार, बैठक भोलि (आइतबार) दिउँसो १ बजे अध्यक्ष ओलीको निवास गुन्डु मा बस्नेछ ।

यो बैठक जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको आगामी रणनीति तय गर्न बोलाइएको जनाइएको छ । 

आन्दोलनपछि एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज समेत पार्टीभित्रैबाट उठ्न थालेको सन्दर्भमा यो बैठक महत्त्वपूर्ण मानिएको छ ।


Facebook Comments