अर्थमन्त्री खनालद्वारा हिल्टन होटलको निरीक्षण

User Image मेयरसाप डेस्क | २०८२ असोज ११ गते २२:३२
Image of https://mayorsap.com/storage/photos/10/68d7d47d3e5ea.jpg

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटलको शनिबार निरीक्षण गरेका छन् । मन्त्री खनाल नक्सालस्थित होटलमा पुगेर ८ अर्बभन्दा बढी लगानी भएको यो होटलमा भएको क्षतिबारे जानकारी लिएका हुन् ।

२०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको शंकर ग्रुपले भित्र्याएको यो होटलले एक वर्ष नपुग्दै ठूलो क्षति व्यहोर्नु परेको छ ।

निरीक्षणका क्रममा आगलागीबाट होटलको माथिल्लो तलासम्मै धुवाँले कालो भएको, झ्यालका सिसा फुटेको, र फर्निचरसहित सजावटका सामग्री ध्वस्त भएको देखिएको छ । जलेका फर्निचरहरू अझै पनि सडकमा थुप्रिएका छन् ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ र यसको ’प्रिमियम ब्रान्ड’ माथि भएको आक्रमणले पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ ।


Facebook Comments