सल्यानमा गाडी दुर्घटनाः ३ जनाको घटनास्थलमै मृ-त्यु

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते ०५:५७
Image of https://mayorsap.com/storage/photos/10/68d8a5dcc2889.jpg

दाङ ।  सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रुकुमबाट दाङ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी आज बिहान सल्यानको गाउँपालिका–३ चोरखोलामा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ  । यस्तै एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरु एक महिला र एक पुरुषको भने सनाखत हुन बाँकी छ ।

यसैगरी घाइते हुनेमा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी रहेका छन् । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।
 


Facebook Comments