चाडपर्व लक्षित उपत्यकामा ६ हजारभन्दा बढी प्रहरी परिचालन
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ०२:३८
काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको विशेष सुरक्षा रणनीति बनाइएको जानकारी दिए ।
पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ’डग स्निफिङ’ र सादा पोसाकका प्रहरी परिचालन गरिने जनाइएको छ । ’सिआरभी’ र ’क्युआरटी’ टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको र ’ड्रोन’ बाट समेत निगरानी गरिने भएको छ । जेनजी प्रदर्शनका क्रममा फरार रहेका कैदीबन्दीबाट चोरी, लुटपाट हुनसक्ने भएकाले नयाँ वा शङ्कास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
एआईजी कार्कीले कुनै पनि घटना भएमा तत्काल घटनास्थलमा पुग्नका लागि १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको बताए । प्रहरीले निर्धक्क र चनाखो भएर चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
Facebook Comments