रामेछाप–लुक्ला हवाई उडान सुरु

User Image मेयरसाप डेस्क | २०८२ असोज १४ गते ०४:३०
Image of https://mayorsap.com/storage/photos/10/68dbc6067855c.jpg

मन्थली । रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरुका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

विभिन्न कम्पनीहरुले काठमाडौँबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् । 

मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उडययन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिए ।


Facebook Comments