तुइन खोलाको पहिरो हट्योः नारायणगढ–मुग्लिन सडक सञ्चालन
मेयरसाप डेस्क
|
२०८२ असोज १४ गते ०५:५०
चितवन । तुइन खोला नजिकै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड करिब एक घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार राति साढे ७ बजे लेदोसहित खसेको पहिरोलाई सफा गर्ने मेसिन प्रयोग गरी साढे ८ बजे हटाइएको हो ।
यद्यपि, पानी परिरहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुहरूलाई संयमित भई लेन अनुशासनको पालना गरेर सवारी चलाउन अनुरोध गरेको छ ।
Facebook Comments