दशैंमा सार्वजनिक सवारीको अभाव टार्न धनगढीमा निःशुल्क बस सेवा
मेयरसाप डेस्क
|
२०८२ असोज १५ गते १८:३५
धनगढी । सार्वजनिक यातायातको अभावलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पतालले विजयादशमीको दिन सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै यो सेवा धनगढी चौराहा, फूलबारी र अत्तरिया सम्म उपलब्ध हुने जानकारी दिएको छ ।
निःशुल्क बस सेवाको समयतालिका अनुसार बिहान ९ः०० बजे धनगढी चौराहाबाट फूलबारी सम्म पहिलो बस छुट्नेछ । यसैगरी, बिहान ११ः०० बजे धनगढी चौराहाबाट अत्तरिया सम्म बस सञ्चालन हुनेछ ।
यात्रुहरूका लागि सहज होस् भनेर दिनभरि नै बस सेवा दिने तालिका मिलाइएको छ । दिउँसो ३ः०० बजे अत्तरियाबाट धनगढी चौराहा सम्म अन्तिम बस छुट्ने अस्पतालले जनाएको छ ।
Facebook Comments