राष्ट्रपति पौडेलद्वारा महानवमीका दिन कन्या पूजा
मेयरसाप डेस्क
|
२०८२ असोज १५ गते २२:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको महानवमी का अवसरमा आज राष्ट्रपति भवनमा नौ जना कन्याको पूजा गरेका छन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार, उनले नवदुर्गाका प्रतीक का रूपमा नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याहरूको विधिपूर्वक पूजाआजा गरेका हुन् ।
राष्ट्रप्रमुखले महानवमीका दिन नौ कन्याको पूजा गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिएका हुन् ।
यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि कन्याहरूको पूजार्चना गरेका थिए ।
Facebook Comments