घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ असोज १५ गते ०३:४४
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–२, उनापानीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २४ वर्षीया धिक्क फडेरा रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार बेलुकी श्रीमान् अमृत फडेरासँगै गाउँ नजिकैको धैनसैन भन्ने ठाउँमा घाँस काट्न गएकी थिइन् ।
श्रीमान् गोरु लगाउन केही टाढा गएका बेला धिक्क चिप्लिएर भीरबाट खसेकी थिइन् । गम्भीर घाइते भएकी उनलाई श्रीमान् अमृतले घटनास्थलबाट बोकेर घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments