गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ

User Image मेयरसाप डेस्क | २०८२ असोज १५ गते ०७:२५
Image of https://mayorsap.com/storage/photos/10/68dd3ad8e3894.jpg

किमाथाङ्का । ङखुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् । 

मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुइँ छाड्नु पर्छ भन्ने मान्यताअनुसार धेरैले पिङ खेल्न रुचाउँछन् ।

चर्खेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको छ । पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । 

जिल्लाका केही स्थानमा मात्र रोटे पिङ पनि भनिने चर्खेपिङ अर्थात् काठे पिङ देख्न सकिन्छ । पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिछन् । 

गाउँमा कुनै बेला शुभकामना साटसाट गर्ने स्थल पिङ मानिन्थ्यो । रोटेपिङ र लिङ्गेपिङ अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ ।


Facebook Comments