दक्षिण भारतको थर्मल पावर परियोजनामा दुर्घटना हुदाँ ९ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ असोज १५ गते २०:०१
Image of https://mayorsap.com/storage/photos/10/68dd4d5017517.png

एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको एक भागमा खम्बा ढलेर दुर्घटना हुदाँ कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।

दुर्घटना तमिलनाडु राज्यको राजधानी चेन्नईमा भएको र सबै मृतकहरू उत्तर–पूर्वी राज्य आसामका मजदुर रहेको प्रहरी जनाएको छ ।  

मजदुरहरू २० फिट भन्दा बढी उचाइमा काम गरिरहेका अवस्थामा चाप निर्माणका लागि लगाइएको फलामको खम्बा अचानक ढलेरे दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

मङ्गलबार राति निर्माणाधीन एक हजार ३२० मेगावाट एन्नोर विशेष आर्थिक क्षेत्र (सेज) थर्मल पावर परियोजनामा दुर्घटना भएको बताइएको छ ।

घाइते कामदारको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments