जेन–जी आन्दोलनले मधेसमा ७ करोडभन्दा बढीको क्षति
मेयरसाप डेस्क
|
२०८२ असोज १६ गते ०५:०९
जनकपुरधाम । जेनजी आन्दोलनका कारण मधेस प्रदेशमा ९० वटा प्रहरी कार्यालय र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट कुल रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, आन्दोलनकारीले क्षति पुर्याएका कार्यालयहरू मर्मतसम्भारपछि अहिले सञ्चालनमा आइसकेका छन् र विस्थापित प्रहरी टोली पनि काममा फर्किएका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार, आन्दोलनकारीले रु दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बराबरका सवारी साधनहरू मा आगो लगाएर जलाएका थिए ।
Facebook Comments