पाकिस्तानको कश्मीरमा झडप हुँदा ३ प्रहरीको मृ*त्यु, १५० घाइते

User Image मेयरसाप डेस्क | २०८२ असोज १६ गते १८:२५
Image of https://mayorsap.com/storage/photos/10/68de41417102f.jpg

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर (पीएके) को चम्याती क्षेत्रमा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।

उक्त प्रदर्शनमा तीन जना प्रहरीको ज्यान गएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

पीएकेका प्रधानमन्त्री चौधरी अनवारुल हक ले हिंसाबाट कुनै उद्देश्य हासिल नहुने बताउँदै समस्याको समाधान वार्तामार्फत खोज्न आह्वान गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बिग्रिँदो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै घटनाको पारदर्शी छानबिन गर्न आदेश दिएका छन् ।

संघीय मन्त्री तारिक फजल चौधरीले आन्दोलनकारी जम्मु कश्मीर पब्लिक एक्शन कमिटी (पीएसी) का ९० प्रतिशत माग पूरा भइसकेको र बाँकी विषयमा छलफल गर्न सरकार तयार रहेको जानकारी दिए ।

पीएसीले प्रशासनिक अधिकारी र राजनीतिक नेताहरूको विशेषाधिकार समाप्त गर्न, पाकिस्तानमा रहेका शरणार्थीका लागि विधानसभा सिटको व्यवस्था, निःशुल्क स्वास्थ्य र शिक्षा, न्यायिक सुधार लगायतका मागहरू राख्दै आएको छ ।

हालै सरकार र पीएसीबीचको वार्ता असफल भएपछि प्रदर्शन थप चर्किएको हो ।


Facebook Comments