‘उज्यालो नेपाल’ पार्टीसँग मेरो कुनै सम्बन्ध छैन : मन्त्री घिसिङ

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते ०७:५२
Image of https://mayorsap.com/storage/photos/10/68dfacd0a4561.jpg

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको ’उज्यालो नेपाल’ नामक राजनीतिक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

उक्त पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरू घिसिङसँग पनि वार्तामा रहेको र एउटै पार्टी बन्ने दाबी गरिरहेको सन्दर्भमा घिसिङले वक्तव्य जारी गर्दै खण्डन गरेका हुन् ।

मन्त्री घिसिङले आफू उक्त पार्टीमा आबद्ध रहनेबारे कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा समेत आफ्नो सहभागिता नरहेको स्पष्ट पारे ।

यससँगै घिसिङको राजनीतिक यात्रालाई लिएर बाहिर आएका अटकलबाजीहरूमा विराम लागेको छ ।


Facebook Comments