वर्षाले सोल्टिमोडमा सडक कटान, आवागमन अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ असोज १८ गते १८:२४
Image of https://mayorsap.com/storage/photos/10/68e0af3052113.jpeg

काठमाडौं । शनिबार परेको वर्षाका कारण काठमाडौंको कालिमाटीस्थित सोल्टिमोड नजिकैको सडक कटान भएको छ ।

काठमाडौं महानगरपालिका–१४, कोहिनुर हाउजिङ छेउको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सडक कटान भएलगत्तै थप क्षति रोक्नका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ । अहिले कटान भएको ठाउँमा बाँस राखेर रोक्ने काम भइरहेको छ ।

देशका विभिन्न भागमा वर्षा र पहिरोका कारण राजमार्गहरू बन्द गरिएका बेला राजधानीकै सडक कटान हुनुले आवागमनमा थप समस्या आएको छ ।


Facebook Comments