विपद् व्यवस्थापनका निम्ति तयार रहन एमालेको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज १८ गते ०८:३९
Image of https://mayorsap.com/storage/photos/10/68e0e89069f8d.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । 

महासचिव पोखरेलले आज अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका हुन् ।

साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ  विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरे ।

“यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु”, पोखरेलले भने ।


Facebook Comments