हमास शान्ति वार्ताका लागि तयार, गाजामा आ*क्रमण रोक्न ट्रम्पको आग्रह
मेयरसाप डेस्क
|
२०८२ असोज १८ गते २०:५९
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आह्वानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थन मा ट्रम्पले अघि सारेको शान्ति प्रस्तावले ७२ घण्टाभित्र बन्धकहरूको रिहाइ, गाजाबाट इजरायली सेनाको क्रमिक फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ । यद्यपि, योजनाले हमास र अन्य गुटहरूको गाजामा कुनै भूमिका छैन भन्ने कुरामा जोड दिएको छ ।
हमासका प्रवक्ता ताहेर अल–नुनुलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार, “गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको छ ।“
नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ । इजरायलले ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भूमिका खेल्ने पनि बताएको छ ।
ट्रम्पले एक संक्षिप्त भिडियो सन्देश जारी गर्दै यस घटनाक्रमलाई “विशेष दिन“ को रूपमा प्रशंसा गरेका छन् । प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट ले हमासको बयानलाई स्वागत गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सहित फ्रान्स, जर्मनी, बेलायत र टर्कीले पनि यसलाई शान्तितर्फको ठूलो कदम का रूपमा स्वागत गरेका छन् ।
Facebook Comments