नेपालको बाढी–पहिरो क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

User Image मेयरसाप डेस्क | २०८२ असोज १९ गते ०८:२४
Image of https://mayorsap.com/storage/photos/10/68e24e121a507.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले यस पीडादायी घडीमा नेपाली जनता र सरकारको साथमा भारत रहेको बताएका हुन् ।

‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ,’ उनले भने ।

अविरल वर्षापछिको बाढी र पहिरोका कारण अहिलेसम्म नेपालमा ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

देशभरका राजमार्ग अवरुद्ध भए पनि आज (आइतबार) वर्षा केही रोकिएको छ र विभिन्न राजमार्गहरू खुल्ने प्रक्रियामा रहेका छन् ।


Facebook Comments