गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा १ जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ असोज २१ गते ००:४६
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का स्थायी बासिन्दा २२ वर्षीय संजोक थापा रहेका छन् ।
उनलाई भदौ १२ गते राति पोखरा–६ सहिदचोकस्थित मुख्यमन्त्री निवासमा आगजनी गरी फरार भएको सूचनाका आधारमा विशेष टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरी अनुसन्धानका क्रममा थापाले एनआइएमबी बैंक लिमिटेडको एटिएम मेसिनमा ढुङ्गामुढा गरी स्क्रिन तोडफोड गरेको समेत खुलेको छ ।
प्रहरीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका तोडफोड तथा आगलागीका घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि खोजी जारी राखेको जनाएको छ । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments