इलाममा बाढीपहिरोबाट मृ*त्यु हुनेको संख्या ३९ पुग्यो

User Image मेयरसाप डेस्क | २०८२ असोज २१ गते ०४:३२
Image of https://mayorsap.com/storage/photos/10/68e4ccaba6a4a.jpg

काठमाडौं । इलाममा हालैको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५, इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेपछि मृतकको संख्या बढेको हो ।

वडा सदस्य कुमार गुरुङका अनुसार, प्रवेशको शव बेपत्ता भएको स्थानबाट करिब ४०० मिटर तल आज (मङ्गलबार) भेटिएको छ ।

यद्यपि, पहिरोले घरसहित बगाएका इलाम नगरपालिका–६ का महेन्द्र लिम्बु भने अझै बेपत्ता छन् र उनको खोजी कार्य जारी छ ।


Facebook Comments