शान्ति स्थापनाका लागि दक्षिण सुडानमा रहेकाे नेपाली सेनाको टोली बदली
मेयरसाप डेस्क
|
२०८२ असोज २१ गते ०३:३०
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि रहेको नेपाली सेनाको टोली बदली भएको छ ।
युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेनाको १४औँ डफ्फा फिर्ता भएको छ भने नयाँ गोरख गण शान्ति सेनाको १५औँ डफ्फा कार्यक्षेत्र प्रस्थान गरेको छ ।
आज (मङ्गलबार) नयाँ गोरख गणका १७५ जना शान्ति सैनिकको टोली दक्षिण सुडान प्रस्थान गरेको छ । श्रीनाथ गणका १७६ जना शान्ति सैनिकको टोली सोमबार स्वदेश फिर्ता भएका छन् ।
हाल दक्षिण सुडानस्थित राष्ट्रसङ्घीय शान्ति मिसनमा विभिन्न देशका सेनासँग समन्वय गर्दै नेपाली सेनाका एक हजार ७५७ जना शान्ति स्थापनामा क्रियाशील छन् ।
Facebook Comments