सिंहदरबार भित्रका जलेका सवारीसाधन हटाइँदै

User Image मेयरसाप डेस्क | २०८२ असोज २१ गते ११:३९
Image of https://mayorsap.com/storage/photos/10/68e4f26462454.jpg

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा आगजनी गरिएका एक हजार सवारीसाधन हटाउने कार्य आजबाट प्रारम्भ भएको छ ।

सडक विभागले चार वटा भारी उपकरण प्रयोग गरेर जलेका सवारीसाधनहरू व्यवस्थापन गरिरहेको छ ।

विभागका कर्मचारी विष्णुकुमार महर्जनका अनुसार, हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० वटा दुईपाङ्ग्रे सवारीसाधन सिंहदरबारबाट हटाइएको छ ।

आगजनीमा क्षतिग्रस्त यी सवारीसाधनहरूलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा व्यवस्थापन गरिएको छ ।

सिंहदरबारभित्रका जलेका सवारीसाधन पूर्ण रूपमा हटाइसकेपछि अन्य स्थानमा क्षतिग्रस्त सवारीहरूको व्यवस्थापन गरिने विभागले जनाएको छ ।


Facebook Comments