बाढी–पहिरोले भत्किएका घर पुनर्निर्माण गर्ने कोशी सरकारको निर्णय

User Image मेयरसाप डेस्क | २०८२ असोज २२ गते ००:३१
Image of https://mayorsap.com/storage/photos/10/68e6285944fff.jpg

विराटनगर । कोशी प्रदेश सरकारले हालैको बाढीपहिरोबाट भत्किएका र बगाएका सबै घरहरू पुनर्निर्माण गरिदिने महत्त्वपूर्ण निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यो निर्णय गरेको हो ।

सबैभन्दा बढी क्षति भएका इलाम, झापा र मोरङ बाट तत्कालै निर्माण कार्य सुरु गर्ने निर्णय भएको छ । सम्पूर्ण घरहरूको विवरण सङ्कलन गर्दै निर्माण कार्य अगाडि बढाइनेछ ।

परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

पुनर्निर्माण कार्यमा तीव्रता दिन इलाममा तीन जना मन्त्रीलाई, सुनसरीमा दुई जना मन्त्रीलाई र झापामा एक मन्त्रीलाई समन्वयको जिम्मेवारी तोकिएको छ ।

पुनर्निर्माणमा खर्च जुटाउन चालु बजेटका खर्च र योजनाहरू कटौती गर्न सरकारलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउन निर्देशन दिएका छन् ।


Facebook Comments