जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका २५० जना रिहा

User Image मेयरसाप डेस्क | २०८२ असोज २२ गते ११:३७
Image of https://mayorsap.com/storage/photos/10/68e642f6b2e75.jpg

काठमाडौं । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत लगायत राष्ट्रिय सम्पदामाथि आगजनी, लुटपाट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा पक्राउ परेका करिब २५० जना हाजिरी जमानीमा रिहा भएका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पवन भट्टराईका अनुसार, गृह मन्त्रालयको निर्देशनपछि उनीहरूलाई छाडिएको हो । गृहले जाँचबुझ आयोगको प्रतिवेदन नआई धरपकड नगर्ने वक्तव्य जारी गरेको थियो ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई बयान लिएर छाडिएको छ । उनीहरू अनुसन्धानकै क्रममा रहेकाले उन्मुक्ति भने पाएका छैनन् । प्रहरीले बोलाएको बेला उपस्थित हुने शर्तमा उनीहरूलाई रिहा गरिएको हो ।

महाराजञ्ज र कोटेश्वरका प्रहरीको हत्या जस्ता जघन्य अपराधमा संलग्न भएकाहरू भने अझै अनुसन्धानमै रहेका छन् र उनीहरू रिहा भएका छैनन् ।

प्रहरी अधिकारीहरूले बयान र प्रमाण सङ्कलन भइसकेकाले आवश्यक परेको बेला कानुन बमोजिम कारबाही अगाडि बढाउन कुनै समस्या नरहेको बताएका छन् ।

उपत्यका अपराध महाशाखाका प्रमुख रमेश बस्नेतले अहिले प्रहरीको मुख्य प्राथमिकता भागेका कैदी बन्दीको खोजी, लुटिएका हतियार फिर्ता र जघन्य अपराधको अनुसन्धान रहेको बताए ।


Facebook Comments