विपिन जोशी जीवित रहेको भिडियो सार्वजनिक गरिँदै
मेयरसाप डेस्क
|
२०८२ असोज २२ गते ०१:२९
काठमाडौं । अपहरण गरी गाजामा बन्धक बनाइएका विपिन जोशीको परिवारले उनको भिडियो आज साँझ सार्वजनिक गर्ने भएको छ ।
विपिन जोशीको जीवन गम्भीर खतरामा रहेको अनुमान गरिएका बेला परिवारले उनी जीवित रहेको प्रमाण सार्वजनिक गर्न लागेको हो ।
इजरायली समाचार संस्था Ynet का अनुसार उक्त भिडियो नोभेम्बर २०२३ तिर रेकर्ड गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
विपिनको परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाजामा भेटिएको जीवनको चिन्ह, जुन हामी आज तपाईंहरूसँग साझा गर्छौं, हाम्रो लागि उहाँ जीवित हुनुहुन्छ भन्ने दृढ विश्वासको आधार हो ।’
परिवारले विपिनको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनको सुरक्षित रिहाइका लागि थप पहल गर्न सबै सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।
Facebook Comments