मन्त्री घिसिङ बीपी राजमार्गको अवस्था अवलोकन गर्न आज काभ्रे जाँदै
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते ०६:००
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ बीपी राजमार्गको अवस्था अवलोकन गर्न जाने भएका छन् । मन्त्री घिसिङ आज बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको अवलोकन गर्न काभ्रे जाने भएका हुन् ।
उनीसँगै अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि जाने छन् ।
गत असोज १७, १८ र १९ गतेको वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ ।
Facebook Comments