मुगुबाट नेपालगन्ज जाँदै गरेको गाडीमा युवक मृ*त फेला

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ००:३२
Image of https://mayorsap.com/storage/photos/10/68e73f3b41664.jpg

सुर्खेत । मुगुबाट नेपालगन्जका लागि छुटेको एक यात्रुवाहक गाडीमा गएराति (बुधबार) २२ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् ।

मृतक युवक जुम्लाको हिमा गाउँपालिका–१ निवासी गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । रावत मुगुबाट ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा चढेर जुम्ला आउँदै थिए ।

प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा रावत मृत अवस्थामा भेटिएका थिए । गाडीमा सवार अन्य यात्रुहरूले रावत सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन् ।

परिवारका सदस्यहरूले रावतलाई खासै गम्भीर बिरामी नभए पनि कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको जानकारी दिएका छन् । अहिले मृतक रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।


Facebook Comments