दशैं मेलाबाट फर्किंदै गरेकी बालिकामाथि सामूहिक बला*त्कार
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते २३:५४
विराटनगर । सुनसरीको बर्जू गाउँपालिका–६ मा दशैंको टीकाको दिन १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दशैं मेला घुम्न गएकी बालिकामाथि विजया दशमीको राति १० बजे उक्त घटना भएको थियो । इलाका प्रहरी कार्यालय चिमडीमा सूचना आएपछि प्रहरी टोलीले बालिकालाई उद्धार गरी उपचारका लागि नोबेल अस्पताल हुँदै हाल कोशी अस्पताल पठाएको छ ।
घटनामा संलग्न भएको आरोपमा बर्जू गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, विजय साह, र १५ वर्षीय एक बालकलाई घटनाको तीन दिनपछि शनिबार पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घटनामा थप तीन जना संलग्न रहेको र उनीहरूको खोजी तीव्र पारिएको छ ।
Facebook Comments