नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते ०८:४६
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिस अनुमोदन गर्दै उनीहरूलाई बढुवा गरेको हो ।
एआईजीमा बढुवा हुनेहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।
यी चार डीआईजीलाई गत असोज १२ गते नै बढुवा समितिले एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।
Facebook Comments