पृथ्वी लोकमार्ग अन्तर्गत धादिङमा बस र टिपर ठोक्कियो, ११ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ असोज २४ गते १८:५४
काठमाडौं। पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार बिहान ९ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।
दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
अहिले सडकबाट बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments