काठमाडौंमा र्याली, जुलुस र प्रदर्शन गर्न प्रतिबन्ध
मेयरसाप डेस्क
|
२०८२ असोज २४ गते २३:०८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारका लागि आह्वान गरिएका सबै मोटरसाइकल र्याली, जुलुस र सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचनामा शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्ति जोगाउन यस्तो निर्णय गरिएको उल्लेख छ ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि तोडफोड, आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको घटनालाई मध्यनजर गर्दै यस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन जटिलता सिर्जना गर्न सक्ने प्रशासनको निष्कर्ष छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ बमोजिम कसैलाई पनि कुनै पनि प्रकारका र्याली, सभा वा प्रदर्शन गर्न पूर्व स्वीकृति प्रदान नगर्ने स्पष्ट गरेको छ ।
जिल्ला प्रशासनले पूर्व स्वीकृति बिना कुनै पनि कार्यक्रम नगर्न/नगराउन सचेत गराएको छ ।

Facebook Comments