डोटीमा हायस दुर्घटना हुँदा एक जनाको मृ*त्यु, २१ जना घाइते

User Image मेयरसाप डेस्क | २०८२ असोज २५ गते ०७:२७
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान सु प प्र०१–००१ख३९५६ नम्बरको हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

 अछामबाट धनगढीतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


Facebook Comments