राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छः मन्त्री घिसिङ

'तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ'

User Image मेयरसाप डेस्क | २०८२ असोज २५ गते २१:५२
Image of https://mayorsap.com/storage/photos/10/68e9d40390931.jpg

इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन्। आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, “सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।” 

रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिएका छन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।


Facebook Comments