जीवित नयाँ बन्धकको सूची सार्वजनिक, विपिन जोशीको नामपनि समावेश

User Image मेयरसाप डेस्क | २०८२ असोज २६ गते ०४:५३
Image of https://mayorsap.com/storage/photos/10/68eb2bcb2015d.jpg

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा राखेका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ ।

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।


Facebook Comments