बैंककबाट काठमाडौं आएको जहाज लखनऊ 'डाइभर्ट'
मेयरसाप डेस्क
|
२०८२ असोज २६ गते ०५:५८
काठमाडौं । थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थाई लायन एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ’टीएलएम २२०’ उडान नम्बरको उक्त जहाज ’मिस एप्रोच’का कारण काठमाडौंमा अवतरण हुन नसकेको हो ।
सामान्यतया अवतरणका क्रममा आवश्यक सम्पूर्ण तयारी वा शतप्रतिशत अवस्था नपुगी जहाज धावनमार्गतर्फ अगाडि बढेको अवस्थामा पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित रूपमा पुनः उडानमा फर्काउँछन् ।
यसै अवस्थामा जहाजलाई नजिकको वैकल्पिक विमानस्थलमा पठाइन्छ । साेही अनुसार उक्त जहाजलाई लखनऊ अवतरण गराइएकाे हाे ।
Facebook Comments