सर्वोच्चमा मंगलबारदेखि अत्यावश्यक रिटको सुनुवाइ हुने
मेयरसाप डेस्क
|
२०८२ असोज २६ गते २१:३८
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण ठूलो क्षति भएपछि स्थगित रहेका सर्वोच्च अदालतका सेवाहरू आगामी मंगलबारदेखि आंशिक रूपमा सुचारु हुने भएका छन् ।
असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय अनुसार, हालसम्म बन्दी प्रत्यक्षीकरण तथा अत्यावश्यक निवेदनको सुनुवाइ मात्र भइरहेकोमा अब सेवा विस्तार गरिएको हो ।
रिट निवेदनहरूको दर्ता र सुनुवाइ, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ सम्बन्धी निवेदनहरूको सुनुवाइ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ सम्बन्धी निवेदनहरूको सुनुवाइलगायत सेवाहरू सञ्चालन गरिने भएको हो ।
प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, माथि उल्लेखित सेवाबाहेक अन्य सम्पूर्ण नियमित सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन् ।

Facebook Comments