इजरायली सेनाले परिवारलाई भिडियो कन्फरेन्सबाट भन्यो–विपिन इज नो मोर

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते ००:३२
Image of https://mayorsap.com/storage/photos/10/68eca69b88848.PNG

काठमाडौं । इजरायली सेनाका अधिकारीले इजरायलमा हमासले दुई वर्षअघि नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन् । 

आज बिहान इजरायली सेना आईडीएफका एक अधिकारीले विपिनका ठूलोबुवाका छोरा किशोर जोशी, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई ग्रूप कलमा सहभागी गराएर विपिन जिवित नरहेको जानकारी गराएकाे बीबीसी नेपालीले उल्लेख गरेकाे छ । 

आईडीएफका अधिकारीले ग्रुपमा भिडियो कल गरेर ‘विपिन ईज नो मोर’ भन्दै पछिल्लो जानकारी गराएका हुन् । बीबीसी नेपालीका अनुसार हमासले उपलब्ध गराएको सूची इजरायल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नभएको भन्दै कलमार्फत् जानकारी दिएको हो ।

हमासले बन्धक बनाएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये २० जना जीवित भएको हमासले जनाएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमबारदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ। हमासले पहिलो पटकमा सात इजरायली नागरिक आफूलाई हस्तान्तरण गरेको इजरायली सेनाले पुष्टि गरेको छ।

 


Facebook Comments