हमासले बुझाएपछि विपिन जोशीको श*वको फरेन्सिक परीक्षण हुँदै
रिपोर्ट आएपछि मात्र नेपाल पठाइने
मेयरसाप डेस्क
|
२०८२ असोज २८ गते १९:५५
काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार साँझ हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको समाचारमा लेखेको छ । उनीहरुको शव फरेन्सिक परीक्षणका लागि तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्।
डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।
२०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परे। हमासले फालेको ‘ग्रिनेड’ फाल्दै साथी जोगाउने खोज्दा विपिनलाई हमासले बन्धक बनाएर गाजा पुर्याएको थियो।
Facebook Comments