प्रतिनिधिसभा विघटनबारे सभामुखले आज दलहरूसँग छलफल गर्दै
मेयरसाप डेस्क
|
२०८२ असोज २९ गते ०५:५८
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनबारे आज दलहरूसँग संयुक्त रुपमा छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले दलहरूको राय माग गर्न सबै दलका प्रमुख सचेतकहरुलाई बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएका छन्।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी रहेका प्रमुख सचेतक र नेतालाई बोलाइएको बताइएको छ ।
संसद पुनःस्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन भनेर दलहरूको धारणा लिन लागिएको हो । छलफलमा आउँदा दलहरूलाई पार्टीको धारणा के हो आधिकारिक रूपमा ल्याउन भनिएको छ । उनले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग पनि छलफल गर्ने तयारी गरेका छन ।
Facebook Comments