आयल निगमले घटायो पेट्रोलको मूल्य
मेयरसाप डेस्क
|
२०८२ असोज २९ गते ०४:४८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको हो ।
आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

Facebook Comments