कांग्रेस बैठकमा शुक्रराज शर्माको प्रस्ताव–निर्वाचन वैशाख मसान्तमा गर्नुपर्छ

सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने दाबी

User Image मेयरसाप डेस्क | २०८२ असोज ३१ गते १९:१७
Image of https://mayorsap.com/storage/photos/10/68f1f224cf66d.PNG

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन वैशाखमा सार्नुपर्ने प्रस्ताव आएको छ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्नुपर्ने बताएका हुन् । 

उनले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने दाबी समेत गरे । उनले बैठकमा भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ।’

 


Facebook Comments